Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

आजदेखि प्रधानन्यायाधीश जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउँदै नेपाल बार

आजदेखि प्रधानन्यायाधीश जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउँदै नेपाल बार

  • शुक्रवार, कार्तिक २६ २०७८

  • 302
    SHARES

  • आजदेखि प्रधानन्यायाधीश जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउँदै नेपाल बार

    काठमाडौँ । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्धको आन्दोलनलाई आजबाट थप सशक्त बनाउने भएको छ । सर्वोच्च परिसरमा हिजो कानून व्यवसायीमाथि प्रहरीले हस्तक्षेप गरेपछि जबराको राजीनामा माग्दै चरणवद्ध आन्दोलनमा उत्रिएको नेपाल बार आजदेखि थप आक्रामक रुपमा प्रस्तुत हुने भएको हो ।

    उक्त घटनाको भर्त्सना गर्दै बारले आजदेखि कडा आन्दोलन गर्ने भएको हो । बारले विज्ञप्ति जारी गर्दै आज बिहान साढे ९ बजे नै सबै कानून व्यवसायीहरुलाई कार्यालयमा उपस्थित हुन निर्देशन जारी गरेको छ ।

    हिजो नै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीश जबरालाई गेटमै रोक्ने घोषणा गरेका छन् । जबराको राजीनामा माग्दै बारले दैनिक दुई घण्टा कालोपट्टी बाँधेर उपत्यकाकाका अदालतहरुमा धर्ना दिँदै आएको छ ।

    जबराको राजीनामालाई नै बटमलाइन बनाएर कात्तिक ८ गतेदेखि सर्वोच्चका न्यायाधीशहरुले पनि इजलास बहिस्कार गर्दै आएका छन् ।


    शुक्रवार, कार्तिक २६ २०७८०८:१९:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij