Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज

  • शुक्रवार, कार्तिक २६ २०७८

  • 445
    SHARES

  • एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज बस्दै छ । उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बैठक दिउँसो २ बजे बस्ने गरी बैठक बोलाइएको छ ।

    नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्ने स्थायी कमिटी बैठकले कात्तिक २७ र २८ गतेका लागि तय भएको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकका प्रस्ताव अनुमोदन गर्ने जनाइएको छ ।

    बैठकले विभिन्न पार्टी परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेका तथा प्रवेश गर्ने तयारीमा रहेका नेता कार्यकर्ताहरुको जिम्मेवारी र भूमिकाबारे पनि निश्चित मापदण्ड निर्धारण गरी केन्द्रीय कमिटीमा पेस गर्ने उपमहासचिव खतिवडाले जानकारी दिनुभयो ।


    शुक्रवार, कार्तिक २६ २०७८०६:४१:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij