Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

जब्बर बन्दै जबरा : सर्वाेच्चमा भोलि वारपार हुने संकेत

जब्बर बन्दै जबरा : सर्वाेच्चमा भोलि वारपार हुने संकेत

  • बिहिवार, कार्तिक २५ २०७८

  • 1.1K
    SHARES

  • जब्बर बन्दै जबरा : सर्वाेच्चमा भोलि वारपार हुने संकेत

    काठमाडौँ – नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको आन्दोलनलाई भोलिदेखि थप सशक्त बनाउने भएको छ । राणाको राजीनामा माग्दै चरणबद्ध आन्दोलनमा उत्रिएको बारले आजको आन्दोलनमा दमन भएको भन्दै थप आक्रामक रुपमा प्रस्तुत हुने बताएको हो ।

    आज कोण सभामा सम्बोधन गर्दै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले भोलि प्रधानन्यायाधीश राणालाई गेटमै रोक्ने घोषणा गर्नुभयो ।आज सर्वाेच्च परिसरभित्रै धर्ना र कोणसभा गर्न खोजेका कानुन व्यवसायीलाई प्रहरीले रोक्न खोजेको थियो । त्यसक्रममा घम्साघम्सी हुँदा नेपाल बारका उपाध्यक्ष र महासचिवसहित ६ जना कानुन व्यवसायी घाइते भएका थिए ।

    घटनापछि आक्रोशित वकिलहरुले प्रधानन्यायाधीश राणाकाविरद्ध चर्का नाराबाजी गरेका थिए । उनीहरुले राणालाई बिचौलियाको नाइकेको संज्ञा दिँदै राजीनामा नदिएसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन् ।

    प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै बारले दैनिक दुई घण्टा कालोपट्टी बाँधेर उपत्यकाकाका अदालतहरुमा धर्ना दिँदै आएको छ । त्यस्तै कात्तिक ८ गतेदेखि न्यायाधीशहरुले इजलास बहिस्कार गर्दै आएका छन् ।

    तर प्रधानन्यायाधीश राणाले भने आफूले कुनै हालतमा राजीनामा नदिने अडान लिनुभएको छ । आफू संवैधानिक प्रक्रियाबाट नियुक्त भएकोले बहिर्गमन पनि संवैधानिक प्रक्रियाभन्दा बाहिरबाट हुन नसक्ने उहाँको अडान छ । अदालतमा देखिएको यो रमिताले न्याय पाउने जनताको अधिकारमा कुठाराघात गरेको छ ।


    बिहिवार, कार्तिक २५ २०७८०७:३१:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij