Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

प्रचण्डमाथि खनिए गोकर्ण विष्ट, एमालेलाई तहसनहस पारिदिएको आरोप

प्रचण्डमाथि खनिए गोकर्ण विष्ट, एमालेलाई तहसनहस पारिदिएको आरोप

  • बुधवार, कार्तिक २४ २०७८

  • 612
    SHARES

  • प्रचण्डमाथि खनिए गोकर्ण विष्ट, एमालेलाई तहसनहस पारिदिएको आरोप

    काठमाडौँ – नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री गोकर्ण विष्टले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका कारण एमालेले बहुमतको सरकार जोगाउन नसकेको आरोप लगाउनुभएको छ ।

    एमाले सूर्यविनायक नगरपालिका–५ कमिटीले बुधबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले एमालेले समय आएपछि त्यसको समीक्षा गर्ने बताउनुभयो ।

    ‘एमालेलाई धमिलो बनाउने र त्यो पार्टीको आन्तरिक जीवनलाई अस्तव्यस्त बनाउने काममा प्रचण्डलगायतका व्यक्तिसँगको एकता र प्रवेशले हामीलाई कहीँ न कहीँ समस्या पैदा गर्‍यो, जसका कारण बहुमतको सरकार जोगाउन सकेनौँ’, उहाँले भन्नुभयो ।

    पार्टी एकताको तीन वर्षको अवधिमा कम्युनिष्टभित्र धेरै उतारचढाव पार गर्दै एमाले अहिलेको ठाउँमा आइपुग्यो भन्दै उहाँले यो समयमा एमालेको जीवनमा केही तिक्तताको सामना गर्नुपरेको, केही अत्यन्त बेठीक र नमिठा अनुभूतिको सामना गर्नुपरेकाले अब विगतबाट पाठ सिक्दै एमालेलाई एकताबद्ध गर्दै अझै माथि उठाउनुपर्नेमा जोड दिनुभयो ।

    एक्लै चुनाव लड्ने आँट नभएर गठबन्धनको मन्त्र जपेको भन्दै विष्टले भन्नुभयो, ‘यो मुलुकमा नेकपा एमालेसँग एक्लाएक्लै निर्वाचनको मैदानमा गएर प्रतिस्पर्धा गर्नसक्ने ताकत अब कुनै पार्टीसँग छैन, कुनै पार्टीले आँट गरेको छैन, त्यसैले बिहान उठेर मुख धुनुअगाडि, राति सुत्नुअगाडि मात्रै होइन, सुतिरहेको बेलामा पनि झस्किएर गठबन्धन चुनावसम्म जान्छ भनेर सपनामा पनि बर्बराउन थालेका छन् ।’

    नेकपा एमालेसँग करिब साढे दुई वर्ष दाहाल मिल्दा एमालेको बलियो संगठनमा खैलाबैला पार्ने कोसिस गरेको भन्दै उहाँले दाहालले चाहेको जस्तो एमालेमा सम्भावना नरहेकाले अब कांग्रेसलाई तहसनहस पार्ने योजनामा दाहाल लागेको टिप्पणी गर्नुभयो ।


    बुधवार, कार्तिक २४ २०७८०८:१०:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij