Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

प्रधानन्यायाधीश जबराले तोके सबै प्रकृतिका मुद्दाको पेशी

प्रधानन्यायाधीश जबराले तोके सबै प्रकृतिका मुद्दाको पेशी

  • मंगलवार, कार्तिक २३ २०७८

  • 366
    SHARES

  • प्रधानन्यायाधीश जबराले तोके सबै प्रकृतिका मुद्दाको पेशी

    काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशहरु र नेपाल बार एशोसिएशन आफूविरुद्ध आन्दोलनमा उत्रिरहेका बेला प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आजका लागि १० इजलास तोक्नसभएको छ । जबराले न्यायाधीशहरुको संयुक्त इजलास तोक्दा आफ्नो एकल इजलास तोक्नुभएको छ ।

    आन्दोलित न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरणको मुद्दा मात्र हेर्ने र जबरासँग इजलास शेयर नगर्ने अडान राखिरहेका बेला प्रधानन्याधीश जबराले नियमित मुद्दामा पनि पेसी तोकेपछि न्यायाधीशहरु इजसालमा बस्नेमा अन्योल रहेको जनाइएको छ ।

    कात्तिक ८ गते इजलास बहिस्कार गरेका न्यायाधीशहरुले एक सातापछि बन्दीको मुद्दामा सुनुवाइ थालेका थिए । उनीहरुले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आन्दोलन थालेको ११ दिन भइसकेको छ । उनीहरुले जबरामाथि नैतिक प्रश्न उठेको र नेतृत्व गर्न असक्षम रहेकाले पदबाट राजीनामा दिनुपर्ने भन्दै आएका छन् ।

    सर्वोच्चमा प्रधानन्यायाधीश जबरा एकातिर हुनुहुन्छ भने अरु १९ न्यायाधीश एकातिर छन् । हिजो पनि जबराले ६ वटा इजलासमा पेसी तोक्नुभएको थियो । उहाँले यसअघि आफू बाहेकको इजलास तोक्ने बताएको सहमतिबाट पछाडि फर्केर संयुक्त इजलास तोक्नुभएको थियो ।

    यता, नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दासहित पेसी तोक्नु निभ्न लागेको बत्ती जस्तै भएको बताउनुभएको छ । केही दिन निभ्न लागेको बत्ती जसरी बल्छ त्यही ढंगबाट जबरा चलेको भन्दै प्रधानन्यायाधीशबाट जबरा हट्नुको विकल्न नभएको बताउनुभयो ।

    आफूहरू शान्तिपूर्ण आन्दोलनकै पक्षमा रहेको तर प्रधानन्यायाधीस जबराले भने न्यायपालिकाको विकृति अझै मौलाउन खोजेको उहाँको आरोप छ । प्रधानन्यायाधीश जबराविरुद्ध आन्दोलित नेपाल बारले आजदेखि दोस्रो चरणको आन्दोलन सुरु गरेको छ । नेपाल बारले आजदेखि कात्तिक ३० गतेसम्मका लागि थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

    जसअनुसार आजदेखि ३० गतेसम्म कालोपट्टी बाँधेर सर्वोच्च अदालत परिसरसहित देशभरका आफ्ना ९० वटै एकाइमा पनि कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरिने नेपाल बारले जनाएको छ ।


    मंगलवार, कार्तिक २३ २०७८११:२५:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij