Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

प्रधानसेनापति शर्मा आज भारत जाँदै

प्रधानसेनापति शर्मा आज भारत जाँदै

  • मंगलवार, कार्तिक २३ २०७८

  • 553
    SHARES

  • प्रधानसेनापति शर्मा आज भारत जाँदै

    काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा भारतको औपचारिक भ्रमणका लागि आज नयाँ दिल्ली जाँदै छन् । भारतका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा उनी कात्तिक २६ गतेसम्म भारत भ्रमणका लागि जान लागेका हुन् ।

    भ्रमणका अवसरमा प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गर्ने कार्यक्रम समेत रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । उनलाई कात्तिक २४ गते बुधबार मानार्थ महारथीको सम्मान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    नेपाल र भारतबीच एक–अर्का मुलुकका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा छ । भ्रमणका क्रममा प्रधानसेनापति शर्माले समकक्षी जनरल नरवणेलगायत भारतीय सेनाका उच्च पदस्थ अधिकारीसँग समेत भेटवार्ता गर्ने कार्यसूची रहेको छ ।


    मंगलवार, कार्तिक २३ २०७८०७:१३:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij