Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

अमेरिकालाई पठाइएको पत्रबारे झुटो नबोल्न देउवा-दाहाललाई ओलीको चेतावनी

अमेरिकालाई पठाइएको पत्रबारे झुटो नबोल्न देउवा-दाहाललाई ओलीको चेतावनी

  • सोमवार, कार्तिक २२ २०७८

  • 533
    SHARES

  • अमेरिकालाई पठाइएको पत्रबारे झुटो नबोल्न देउवा-दाहाललाई ओलीको चेतावनी

    काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहायता परियोजना (एमसीसी) बारे झुट नबोल्न प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चेतावनी दिनुभएको छ ।

    एमसीसी पास गर्ने भनेर अमेरिकालाई पत्राचार गरिएको प्रधानमन्त्री देउवाको भनाइ र त्यस्तो पत्र नपठाइएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्ति मध्ये एक झुट भएको उल्लेख गर्दै अध्यक्ष ओलीले झुट बोल्ने काम नगर्न चेतावनी दिनुभएको हो ।

    गएको बिहीबार बेलायतबाट फर्कने क्रममा प्रधानमन्त्री देउवाले प्रचण्ड र आफूले एमसीसी पास गर्छाैँ भनेर अमेरिकालाई पत्र पठाइसकेको खुलासा गरेलगत्तै प्रचण्डले त्यसको खण्डन गर्नुभएको थियो ।

    आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा ओलीले देउवा र प्रचण्ड मध्ये एक जनाले एमसीसीबारे झुट बोलेकोले त्यसो नगर्न चेतावनी दिनुभएको हो । तर ओलीले एमसीसीबारे एमालेको धारणा के हो भन्नेबारे सञ्चारकर्मीले राखेको जिज्ञासाको प्रष्ट जवाफ दिनुभएन ।

    यसैबीच एमाले अध्यक्ष ओलीले आफूले चाहेमा वर्तमान सरकार एक सातामै ढाल्न सक्ने दाबी दोहो¥याउनुभएको छ । एमाले मोरङले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले आफूले चाहे एक सातामा सरकार ढाल्न सक्ने भए पनि ‘लुतो लागेको’ सरकार आफैँ खुइलिने टिप्पणी गर्नुभयो ।

    ओलीको यस्तो दाबीलाई कांग्रेस नेताहरुले भने हारेको जुवाडेसँग तुलना गरेका छन् । सबैथोक हारिसकेपछि सापटी मागेर गुमेको धन फिर्ता गर्छु भन्ने जुवाडेको दाबी र वर्तमान सरकार ढालिदिन्छु भन्ने ओलीको दाबी एउटै रहेको कांग्रेस नेता गगन थापाले बताउनुभयो ।

    विराटनगरमा आयोजित कार्यक्रममा ओलीले आफ्नो पार्टीको प्रतिस्पर्धा नेपाली कांग्रेससँग मात्रै हुने बताउनुभयो । कांग्रेसबाहेकका अरु दल आफूहरुसँग प्रतिस्पर्धामा नै नरहेको उहाँले बताउनुभयो । ओलीले एमालेको सरकार ढालेर मन्त्री बनेकाहरूले आगामी निर्वाचनमा जमानत जोगाउन नसक्ने दाबी गर्नुभयो ।


    सोमवार, कार्तिक २२ २०७८०७:२३:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij