Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

बागमतीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

बागमतीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

  • सोमवार, कार्तिक २२ २०७८

  • 398
    SHARES

  • बागमतीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

    हेटौंडा – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाउनुभएको छ ।

    सोमबार पाण्डेले आफूमाथि प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ५९ मत परेको छ ।

    बागमती प्रदेशसभामा १०९ जना सदस्य छन् । विश्वासको मत पाउन ५५ सांसदको समर्थन आवश्यक पर्छ । सभामुख सानकुमार श्रेष्ठले मुख्यमन्त्री पाण्डेले पाएको मत प्रदेशसभाको बहुमत भएकाले उहाँले विश्वासको मत पाएको बताउनुभयो ।

    सोमबार प्रदेशसभामा १०४ जना प्रदेशसभा सदस्यले मतदान गरेका थिए । पाण्डेलाई नेकपा माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, नेकपा एकीकृत समाजवादीका १३, जनता समाजवादी पार्टीका १ जना सांसदले विश्वासको मत दिएका छन् ।

    मुख्यमन्त्री पाण्डेको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा ४३ मत परेको छ । नेकपा एमाले र विवेकशील साझा पार्टीले विपक्षमा मत दिएको छ । त्यस्तै २ मत तटस्थ देखिएको छ ।


    सोमवार, कार्तिक २२ २०७८०५:५७:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij