Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

चीनले नेपाली सेनालाई दियो ३ लाख डोज कोरोनाविरुद्धको खोप

चीनले नेपाली सेनालाई दियो ३ लाख डोज कोरोनाविरुद्धको खोप

  • सोमवार, कार्तिक २२ २०७८

  • 401
    SHARES

  • चीनले नेपाली सेनालाई दियो ३ लाख डोज कोरोनाविरुद्धको  खोप

    काठमाडौँ । चीनले नेपाली सेनालाई ३ लाख डोज कोरोनाविरुद्धको भेरोसेल खोप दिएको छ । चीनको जनमुक्ति सेनाद्वारा नेपाली सेनालाई सहयोग स्वरुप १० थान भेन्टिलेटर तथा १०० थान अक्सिजन कन्सन्ट्रेटरसहित तीन लाख डोज खोप प्रदान गरेको हो ।
    आज जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच नेपालका लागि चीनका राजदूत होउ यान्छीले प्रधान सेनापति प्रभुराम शर्मालाई हस्तान्तरण गर्नुभएको हो । सो क्रममा प्रधानसेनापति शर्माले यस सहयोगको लागि चीन तथा चिनियाँ जनमुक्ति सेनालाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।
    यस किसिमको सहयोगबाट नेपाली सेनाका सकल दर्जा एवं प्राथमिकताका आधारमा हिताधीकारीहरु समेत लाभान्वित हुने सेनाले विश्वास लिएको छ । यस्तै सेनाले दुई देशका सेनाबीच रहेको सम्बन्ध थप मजबुद हुने विश्वास पनि लिएको छ ।


    सोमवार, कार्तिक २२ २०७८०१:२७:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij