Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

इकाईहरुसँग नेपाल बारको छलफल आज पनि

इकाईहरुसँग नेपाल बारको छलफल आज पनि

  • सोमवार, कार्तिक २२ २०७८

  • 592
    SHARES

  • इकाईहरुसँग नेपाल बारको छलफल आज पनि

    काठमाडौँ । प्रधानन्यायाधीविरुद्ध आन्दोलित नेपाल बार एशोसिएशनले आज आफ्ना इकाईहरुसँग भर्चुअल छलफल गर्दै छ । हिजोदेखि सुरु भएको छलफलले आज पनि निरन्तरता पाउने भएको हो । पहिलो दिनको छलफलमा बारका इकाईहरुले जिल्ला जिल्लामा पनि आन्दोलनको कार्यक्रम ल्याउन आग्रह गरेका छन् ।

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामासहित न्यायालय सुधारको माग गर्दै नेपाल बार २ सातादेखि आन्दोलनमा होमिएको छ । यसअघि दिइएको १५ दिनको अल्टिमेटमभित्र प्रधानन्यायाधीश जबराले राजीनामा नदिएपछि आन्दोलनका थप कार्यक्रम ल्याउने तयारी बारको छ ।

    गएको मंगलबार पहिलो चरणको आन्दोलन सकाएको बारले न्यायालय सुधारको अभियानलाई कसरी अगाडी बढाउने र आगामी दिनको आन्दोलन कस्तो बनाउने भन्ने सन्दर्भमा देशैभरका इकाई बारका पदाधिकारीसँग यतिबेला भर्चुअल छलफल गरिरहेको हो ।

    हिजो २५ वटा इकाई बारका पदाधिकारीले आफ्नो कुरा राखेका नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताउनुभयो । आज पनि छलफललाई निरन्तरता दिने र उनीहरुको कुरा सुनेर मात्रै आगामी दिनको आन्दोलनबारे छलफल गर्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।


    सोमवार, कार्तिक २२ २०७८१०:३७:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij