काठमाडौँ । पुर्वमहान्यायाधिवक्ता रमेश बडालले प्रधानन्यायाधिशको राजीनामा माग्नुको कुनै तुक नभएको दावी गर्नुभएको छ । नेपाल बार एसोसिएसनले राजीनामा माग गर्दै आन्दोलन गरिरहेका बेला उहाँले राजीनामा माग्नै नमिल्ने उल्लेख गर्नुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गदै उहाँले प्रश्न गर्नुभयो, “दोषी हो भने कारबाही हुनुपर्छ, निर्दोष हो भने राजीनामा किन माग्नु ?”
राजीनामा गराउनु भनेको कारबाही होइन, उल्टै उम्मुक्ति दिलाउनु हो, त्यसैले दोषी प्रमाणित भएमा कारबाही हुनुपर्छ, नत्र राजीनामा माग्नुको तुक छैन, उहाँले भन्नुभयो ।