Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कमेन्ट गरेरै विरोधीको सातो खान कार्यकर्तालाई ओलीको निर्देशन

कमेन्ट गरेरै विरोधीको सातो खान कार्यकर्तालाई ओलीको निर्देशन

  • आइतवार, कार्तिक २१ २०७८

  • 646
    SHARES

  • कमेन्ट गरेरै विरोधीको सातो खान कार्यकर्तालाई ओलीको निर्देशन

    काठमाडौँ – सामाजिक सञ्जाललाई नियमन गर्नुपर्ने आवाज उठिरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओली सोसल मिडिया वारको पक्षमा उभिनुभएको छ । अबको जमानामा सोसल मिडिया वारबाट अलग भएमा पछि परिने आशय व्यक्त गर्दै ओलीले यसमा सहभागी भएर विरोधीहरुको सातो खान कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।

    अहिले एमालेसम्वद्ध राष्ट्रिय युवा संघले बनाएको ‘साइबर सेना’को चर्को आलोचना भइरहेको छ । तर आज काठमाडौँमा आयोजित एक कार्यक्रममा ओलीले सोसल मिडिया वारमा सहभागी हुनुपर्ने बताउनुभयो । सामाजिक सञ्जालमा एमालेविरुद्ध गलत कुराहरु लेख्नेहरुलाई कमेन्ट गरेरै सातो खान उहाँले निर्देशन दिनुभयो ।

    टेलिभिजनहरुले एमालेविरद्ध भ्रम फैलाइरहेको ओलीको आरोप थियो । त्यसको प्रतिवादका लागि अर्काे टेलिभिजन खोल्न एमालेसँग पैसा नभएको बताउँदै ओलीले हरेकको हातमा रहेको मोबाइलबाटै प्रतिकार गर्न निर्देशन दिनुभएको हो । कार्यक्रममा ओलीले सत्तामा रहेको पाँच दलीय गठबन्धलाई लोकतन्त्रको भक्षकको संज्ञा दिनुभयो ।

    यसैबीच पूर्वप्रधानमन्न्त्री डा. बाबुराम भट्टराईले उडन्ते कुरा नगर्न एमालेका अध्यक्ष ओलीलाई आग्रह गर्नुभएको छ । साथै आफ्नो छोरी मानुषी अध्ययनका लागि बेलायत गएको प्रमाणित गर्न समेत चुनौती दिनुभएको छ । ओलीले भट्टराईलाई कहाँको आम्दानीले छोरीलाई बेलायत पढाएको भनेर प्रश्न गर्नुभएको थियो ।

    ओलीको यस्तो प्रश्नलगत्तै सामाजिक सञ्जालमार्फत डा. भट्टराईले तत्काल जवाफ फर्काउनुभएको हो । उहाँले जनयुद्ध हुनुभन्दा पहिले आमा हिसिला छात्रवृत्तिमा बेलायत पढ्न गएका बेला छोरी पनि सात वर्षको उमेरमा तीन वर्ष उतै बसेर फर्केको स्वीकार गर्दै बेलायतमा उनी पढ्न गएको प्रमाणित गर्न चुनौती दिनुभएको हो । ओलीको दाबी र बाबुरामको जवाफबारे सामाजिक सञ्जालमा रोचक टिप्पणीहरु भइरहेका छन् ।


    आइतवार, कार्तिक २१ २०७८०७:५१:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij