Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

काँग्रेसले बोलायो कात्तिक २८ गते केन्द्रीय समिति बैठक

काँग्रेसले बोलायो कात्तिक २८ गते केन्द्रीय समिति बैठक

  • आइतवार, कार्तिक २१ २०७८

  • 288
    SHARES

  • काँग्रेसले बोलायो कात्तिक २८ गते केन्द्रीय समिति बैठक

    काठमाडौँ । नेपाली कांग्रेसले कात्तिक २८ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक सूचना जारी गरी केन्द्रीय कार्यसमिति बैठकमा पार्टी पदाधिकारी, केन्द्रीय सदस्य र आमन्त्रित सदस्यलाई बोलाउनुभएको छ ।
    बैठक कात्तिक २८ गते आइतवार दिउँसो १ बजेका लागि पार्टी कार्यालय सानेपामा बस्ने गरी आह्वान गरेको मुख्यसचिव पौडेलले बताउनुभएको छ।
    बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका रहनेछ । बैठकमा पार्टीको आसन्न महाधिवेशनका विषयमा केन्द्रीत रहेर छलफल हुने बताइएको छ । काँग्रेसको १४ औं महाधिवेशन आगामी मंसिर अन्तिममा तय भएको छ ।


    आइतवार, कार्तिक २१ २०७८०३:३१:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij