Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

देउवाको खुलासाले माओवादीमा भुइँचालो, नारायणकाजीले पनि गरे प्रतिवाद

देउवाको खुलासाले माओवादीमा भुइँचालो, नारायणकाजीले पनि गरे प्रतिवाद

  • शुक्रवार, कार्तिक १९ २०७८

  • 508
    SHARES

  • देउवाको खुलासाले माओवादीमा भुइँचालो, नारायणकाजीले पनि गरे प्रतिवाद

    नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसी सम्झौता यथास्थितिमा संसदबाट पारित गर्न नसकिने बताएका छन् । यथास्थितिमा एमसीसी पारित नगर्ने माओवादीको आधिकारिक धारणा र निर्णय रहेको बताउँदै उनले कुनै भ्रममा नपर्न आग्रह गरेका छन् ।

    ‘नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वाभिमान एवं राष्ट्रिय हित विपरीतका प्रावधानहरू नसच्याई यथास्थितिमा एमसीसी परियोजना नेपालले स्वीकार गर्न सक्दैन र संसदबाट पारित गर्न सकिन्न’, श्रेष्ठले ट्विटरमा लेखेका छन्, ‘यो नै हाम्रो पार्टी नेकपा माओवादी केन्द्रको आधिकारिक निर्णय र धारणा हो । त्यसैले कुनै भ्रममा नपरौं ।’

    प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार एमसीसी संसदबाट पास गर्छौ भनेर आफू र प्रचण्डले अमेरिकालाई पत्र पठाइसकेको खुलासा गरेका थिए ।

    यसपछि सत्तारुढ गठबन्धनमा खटपट चलिरहेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको खुलासाको खण्डन गर्दै अमेरिकालाई पठाइएको पत्रमा एमसीसी पास गर्छौ भन्ने विषय उल्लेख नरहेको जिकिर गरेका छन् ।


    शुक्रवार, कार्तिक १९ २०७८०८:२२:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij