Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

गठबन्धनमा कुनै समस्या छैन, चुनावसम्म जान्छ : प्रधानमन्त्री देउवा

गठबन्धनमा कुनै समस्या छैन, चुनावसम्म जान्छ : प्रधानमन्त्री देउवा

  • बिहिवार, कार्तिक १८ २०७८

  • 483
    SHARES

  • गठबन्धनमा कुनै समस्या छैन, चुनावसम्म जान्छ : प्रधानमन्त्री देउवा

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनमा कुनै समस्या नभएको बताउनुभएको छ । बेलायतबाट आज स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले गठबन्धन पुरै समय रहने भन्दै चुनावसम्मै जाने बताउनुभयो ।

    यस्तै प्रधानमन्त्री देउवाले अमेरिकी राष्ट्रपति जो बाइडन र बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँग राम्रो कुराकानी भएको बताउनभुयो । उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग फलदायी कुराकानी भएको बताउनुभयो । मोदीले चाँडै नेपाल भ्रमण गर्ने देउवाको भनाइ छ ।

    यसैगरी, प्रधानमन्त्री देउवाले अमेरिकी सहयोग परियोजना (एमसीसी)का अधिकारीलाई नआत्तिन आग्रह गरेको बताउनुभयो । त्यहाँ भएको भेटमा एमसीसीकी नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) एलेक्सिया लतोर्तुलाई आफूले संसद् अधिवेशन अर्कै कारणले बन्द गरेको बताएको जानकारी दिनुभयो ।

    सअघि एमसीसी मुख्यालयले नेपाललाई पत्र पठाउँदै एमसीसी सम्झौता अनुमोदन नगर्दै संसद् अधिवेशन अन्त्य गरेकामा असन्तुष्टि जनाएको थियो भने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलनका क्रममा एमसीसीकी डेपुटी सीईओ लतोर्तुले बेलायतमै प्रधानमन्त्री देउवालाई भेटेर त्यही विषयमा चासो राखेकी थिइन् ।

    जवाफमा आफूले सत्ता साझेदार दलसँग संसदबाट एमसीसी पास गर्नेबारे सल्लाह गर्ने बताएको जानकारी देउवाले दिनुभयो । प्रधानमन्त्री देउवा प्रधानन्यायाधीश प्रकरणबारे भने बोल्न चाहनुभएन । देउवा यही कात्तिक १५ र १६ गते संयुक्त अधिराज्यको ग्लास्गोमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको सम्मेलनमा भाग लिई आज स्वदेश फर्कनुभएको हो ।


    बिहिवार, कार्तिक १८ २०७८११:५४:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij