Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री देउवा नेतृत्वको टोली आज स्वदेश फर्कँदै

प्रधानमन्त्री देउवा नेतृत्वको टोली आज स्वदेश फर्कँदै

  • बिहिवार, कार्तिक १८ २०७८

  • 499
    SHARES

  • प्रधानमन्त्री देउवा नेतृत्वको टोली आज स्वदेश फर्कँदै

    काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप २६) मा सहभागी हुन बेलायत पुग्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्कँदै हुनुहुन्छ । कोप–२६ को २६औं सम्मेलनको वर्ल्ड लिडर समिटमा भाग लिइ आज देउवा स्वदेश फर्कन लाग्नुभएको हो ।

    यही नोभेम्बर १ र २ मा आयोजित सम्मेलनमा २० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा यही कात्तिक १२ गते बेलायत प्रस्थान गर्नुभएको थियो ।

    प्रधानमन्त्री नेतृत्वको टोली कतार एयरवेजको उडानबाट दोहा हुँदै बिहान काडमाडौं आइपुग्ने छ । पाँचौँपटक प्रधानमन्त्री भएपछि प्रधानमन्त्री देउवाको यो पहिलो विदेश भ्रमण हो ।

    प्रधानमन्त्री देउवाले नोभेम्बर १ मा कोप–२६ को औपचारिक उद्घाटन समारोहमा सहभागी भई वल्ड लिडर समिटलाई सम्बोधन गर्नुभएको थियो । प्रधानमन्त्री देउवाले भ्रमणका क्रममा विभिन्न राष्ट्र र सरकार प्रमुख तथा अन्य विशिष्ट व्यक्तिसँग द्विपक्षीय भेटवार्ता पनि गर्नुभएको थियो ।

    न्यायालय विवाद उत्कर्षमा पुगेको बेला विदेश भ्रमणमा निस्किएको भन्दै प्रधानमन्त्री देउवाको आलोचना पनि भएको छ । तर अब यसबारे आज देउवा फर्किएपछि पार्टी र सत्ता गठनबन्धनभित्र छलफल गर्ने कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिनुभयो ।


    बिहिवार, कार्तिक १८ २०७८०७:२०:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij