Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

अवैध सम्बन्धबाट जन्मिएको नेकपा एसलाई महाधिवेशनमा बोलाउँदैनौँ : योगेश भट्टराई

अवैध सम्बन्धबाट जन्मिएको नेकपा एसलाई महाधिवेशनमा बोलाउँदैनौँ : योगेश भट्टराई

  • बुधवार, कार्तिक १७ २०७८

  • 1.3K
    SHARES

  • अवैध सम्बन्धबाट जन्मिएको नेकपा एसलाई महाधिवेशनमा बोलाउँदैनौँ : योगेश भट्टराई

    काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले नेकपा एकीकृत समाजवादी पार्टीलाई अवैध सम्बन्धबाट जन्मिएको पार्टीको संज्ञा दिनुभएको छ ।

    आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा विभाग प्रमुख भट्टराईले नेकपा एकीकृत समाजवादीलाई अवैध सम्बन्धबाट जन्मिएको पार्टीको संज्ञा दिनुभएको हो । उहाँले चितवनमा हुने पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनमा प्रमुख राजनीतिक दलहरूलाई मात्र बोलाउने बताउँदै अवैध सम्बन्ध र गर्भाधारणबाट जन्मिएको एकीकृत समाजवादी पार्टीलाई बोलाइरहनु नपर्ने बताउनुभयो ।

    उहाँले एकीकृत समाजवादीलाई पहिचान र ठेगाना नभएको टिप्पणी गर्नुभयो । प्रचार विभाग प्रमुख भट्टराईले गठबन्धन सरकारका कारण मुलुकमा संविधान मिचिएको र संवैधानिक अंगमाथि हस्तक्षेप भएको बताउनुभयो ।

    उहाँले गठबन्धन सरकारले संवैधानिक अंगमा स्वेच्छाचारिताको गम्भीर प्रश्न उठेको बताउँदै शक्तिहरूको स्वार्थमा देशमा राजनीतिक अस्थिरता पैदा गरेको आरोप लगाउनुभयो ।

    भट्टराईले १०औँ राष्ट्रिय महाधिवेशन ऐतिहासिक र भव्य हुने बताउँदै महाधिवेशनमा विधान महाधिवेशन भएको दुई महिनामा भएका ठूला राजनीतिक घटनाबारेमा पनि पार्टीले स्पष्ट धारणा राख्ने बताउनुभयो ।


    बुधवार, कार्तिक १७ २०७८०५:२३:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij