Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

सामान्य अंकले बढ्यो नेप्से, साढे ६ अर्ब बढिको कारोबार

सामान्य अंकले बढ्यो नेप्से, साढे ६ अर्ब बढिको कारोबार

  • बुधवार, कार्तिक १७ २०७८

  • 1.0K
    SHARES

  • सामान्य अंकले बढ्यो नेप्से, साढे ६ अर्ब बढिको कारोबार

    काठमाडौँ । तिहारको बिदा अघि शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ५ दशमलव २२ अंकले बढेर २ हजार ८ सय ४८ दशमलव ८४ अंकमा पुगेको हो ।
    नेप्से परिसूचक बढ्दा ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.५२ अंकले घटेको छ । कारोबार रकम पनि औसत नै देखिएको छ । दिनभर भएका ६१ हजार ७४५ कारोबारबाट २२९ कम्पनीका ९९ लाख ९५ हजार ५ सय २२ कित्ता शेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ६ अर्ब ५५ करोड ३० लाख ५९ हजार १ सय ५२ रुपैयाँमा रोकिएको छ ।
    आज धेरै शेयर मूल्य बढ्ने पहिलो नम्बरमा महालक्ष्मी विकास बैंक देखिएको छ । महालक्ष्मी विकास बैंकको शेयर मूल्य १० प्रतिशतले बढेर ८०३ रुपैयाँ पुगेको छ । यसैगरी दोस्रोमा साहज उर्जा र तेस्रोमा आईसीएफसी फाइनान्स कम्पनी देखिएको छ । दुवै कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । छ्याङ्दी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै ५.५९ प्रतिशतका दरले गुमाएका छन्।
    आज होटल तथा पर्यटन, जीवन बिमा, निर्जीवन बिमा र इन्भेस्टमेण्टबाहेक सबै उपसमूहको परिसूचक सकारात्मक बनेको छ।


    बुधवार, कार्तिक १७ २०७८०४:२६:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij