Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

नेपालको प्रजातन्त्र ’कम्पनी’को रुपमा विकसित भयो: पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

नेपालको प्रजातन्त्र ’कम्पनी’को रुपमा विकसित भयो: पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

  • बुधवार, कार्तिक १७ २०७८

  • 401
    SHARES

  • नेपालको प्रजातन्त्र ’कम्पनी’को रुपमा विकसित भयो: पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

    काठमाडौँ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले नेपालको प्रजातन्त्र ’कम्पनी’को रुपमा विकसित भएको टिप्पणी गर्नुभएको छ । आज काठमाडौंमा आयोजित ‘नेपालको राजनीतिक सन्दर्भ (घट्नाक्रमहरुको संगालो)’ पुस्तक बिमोचन कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायाधीश श्रेष्ठले नेपालको प्रजातन्त्र कम्पनीको रुपमा विकसित भएको टिप्पणी गर्नुभएको हो ।
    उहाले प्रजातन्त्र दलहरुको बाँटफाँटमा परेको आरोप लगाउनुभयो । राजनीतिक दलहरुले हरेक विषयको निर्णय गर्दा आफ्नो भागमा के पर्छ भन्ने स्वार्थले हेर्ने गरेको उहाको भनाइ थियो । प्रजातन्त्र जनतालाई नभई केवल दलहरुलाई मात्रै आएको उहाले बताउनुभयो ।
    पूर्वप्रधानन्यायाधीश श्रेष्ठले राजनीतिक दलहरुले जनतालाई तर्साउदै हिँडेको आरोप लगाउनुभएको छ । राजनीतिक दलहरुले जनतामाथि आफ्नो अधिपत्य जमाउनका लागि थर्काउने र तर्साउने गरेको उहाले बताउनुभयो । राजनीतिक दलहरुको यस्ता गलत प्रवृत्तिका कारण नै प्रजातन्त्रले सही दिशाबोध गर्न नसकेको उहाको भनाइ छ ।
    पूर्वप्रधानन्यायाधीश श्रेष्ठले वर्तमान संविधानको कार्यान्वयन गर्नका लागि राज्य आर्थिक रुपले सुदृढ हुनुपर्ने बताउनुभएको छ । आर्थिक रुपमा सक्षम नहुञ्जेलसम्म संविधानको कार्यान्वयन गर्न नसकिने उहाको भनाइ छ । नेपालमा उपभोक्तावादी संस्कृतिका कारण अर्थतन्त्र दरिलो हुन नसकेको भन्दै उपभोक्तावादी संस्कार त्याग्नुपर्ने बताउनुभयो ।


    बुधवार, कार्तिक १७ २०७८०४:१५:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij