Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

प्रधानन्यायाधीश जबराले तोके ९ वटा इजलास, सबै बन्दी प्रत्यक्षीकरणका मुद्दा

प्रधानन्यायाधीश जबराले तोके ९ वटा इजलास, सबै बन्दी प्रत्यक्षीकरणका मुद्दा

  • बुधवार, कार्तिक १७ २०७८

  • 444
    SHARES

  • प्रधानन्यायाधीश जबराले तोके ९ वटा इजलास, सबै बन्दी प्रत्यक्षीकरणका मुद्दा

    काठमाडौँ । सर्वोच्चका न्यायाधीश तथा कानून व्यवसायीहरुको विरोधकै बीच प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले ९ वटा इजलास तोक्नुभएको छ । उहाँले ६ वटा संयुक्त र तीनवटा एकल इजलास तोक्नुभएको हो । ती सबै इजलासमा उहाँले बन्दी प्रत्यक्षीकरणको मुद्दा मात्रै तोक्नुभएको छ ।

    एउटा एकल र अर्को संयुक्त इजलासमा यी सबै मुद्दा तोक्न सकिने अवस्था रहे पनि प्रधानन्यायाधीश जबराले धेरै संख्यामा इजलास सञ्चालन भएको सन्देश प्रवाह गर्न एउटा इजलासमा एउटाभन्दा बढी मुद्दा राख्नुभएको छैन ।

    सर्वोच्च अदालतका असन्तुष्ट न्यायाधीशहरूले प्रधानन्यायधीश जबराले आफ्नो इजलास नतोक्न र इजलासमा बन्दी प्रत्यक्षीकरण बाहेकका निवेदन नहाल्न आग्रह गरेका थिए । त्यसैले आज प्रधानन्यायाधीश जबराले बन्दी प्रत्यक्षीकरणको बाहेक कुनै निवेदन पेसीमा तोक्नुभएको छैन ।


    बुधवार, कार्तिक १७ २०७८११:४२:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij