Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

प्रदेश १ का मुख्यमन्त्री राईले लिए शपथ, को को भए मन्त्री ?

प्रदेश १ का मुख्यमन्त्री राईले लिए शपथ, को को भए मन्त्री ?

  • मंगलवार, कार्तिक १६ २०७८

  • 512
    SHARES

  • प्रदेश १ का मुख्यमन्त्री राईले लिए शपथ, को को भए मन्त्री ?

    काठमाडौँ – प्रदेश नम्बर १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राईलाई आज दिउँसो प्रदेश प्रमुख सोमनाथ अधिकारीले शपथ ग्रहण गराउनुभएको हो ।

    नेकपा एकीकृत समाजवादीका नेता राईलाई प्रदेश प्रमुख अधिकारीले संविधानको धारा १६८ को उपधारा २ अनुसार आजै मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

    यस्तै, मुख्यमन्त्री राईले चार मन्त्री र एक राज्यमन्त्रीसहित ६ सदस्यीय मन्त्रिपरिषद् पनि गठन गर्नुभएको छ ।

    नवनियुक्त मन्त्रीहरूमा इन्द्रबहादुर आङ्बो आर्थिक मामिला तथा योजना मन्त्री, हिमाल कार्की भौतिक पूर्वाधार विकास मन्त्री, केदार कार्की आन्तरिक मामिला तथा कानुन मन्त्री र जयराम यादव सामाजिक विकास मन्त्री बन्नुभएको छ ।

    यस्तै विष्णु तुम्बाहाम्फेलाई सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । नवनियुक्त मन्त्रीहरू र राज्यमन्त्रीले पनि आजै शपथ लिएका छन् ।


    मंगलवार, कार्तिक १६ २०७८०५:३८:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij