Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री देउवा र मोदीबीच ग्लास्गोमा द्विपक्षीय भेटवार्ता

प्रधानमन्त्री देउवा र मोदीबीच ग्लास्गोमा द्विपक्षीय भेटवार्ता

  • मंगलवार, कार्तिक १६ २०७८

  • 606
    SHARES

  • प्रधानमन्त्री देउवा र मोदीबीच ग्लास्गोमा द्विपक्षीय भेटवार्ता

    प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज स्कटल्यान्डमा द्धिपक्षीय भेटवार्ता भएको छ । राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२६) साइडलाइनमा उनीहरुबीच भेटवार्ता भएको हो ।

    सो भेटवार्तामा नेपालको तर्फबाट प्रधानमन्त्री देउवासहित परराष्ट्र सचिव भरतराज पौड्याल तथा भारतको तर्फबाट मोदीसहित विदेशमन्त्री एस जयंशकर सहभागी थिए ।

    देउवा र मोदीबीच सोमबार बेलुका पनि विश्व नेताहरुको सम्मेलनको दौरानमा अनौपचारिक भेटवार्ता भएको थियो । सो क्रममा आफूहरुबीच हिमालय क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरविरुद्ध मिलेर लड्न र दिगो विकासमा सहकार्य गर्नेबारे छलफल भएको देउवाले जनाएका छन् ।

    देउवा र मोदीले मिलेर जलवायु संकटविरुद्ध लड्ने प्रतिबद्धता जनाएको जनाइएको छ । मोदीले पनि ट्वीटरमार्फत दिगो विकासको क्षेत्रमा मिलेर कार्य गर्ने बताएका छन् ।

    नेपाली समकक्षीले ग्लास्गो सम्मेलनमा हिमालमा जलवायु संकटलाई महत्वका साथ उठान गरेको मोदीले जनाएका छन् ।


    मंगलवार, कार्तिक १६ २०७८०५:३२:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij