Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

पहिले विश्वासको मत, त्यसपछि मन्त्रिपरिषद विस्तार : मुख्यमन्त्री राई

पहिले विश्वासको मत, त्यसपछि मन्त्रिपरिषद विस्तार : मुख्यमन्त्री राई

  • मंगलवार, कार्तिक १६ २०७८

  • 560
    SHARES

  • पहिले विश्वासको मत, त्यसपछि मन्त्रिपरिषद विस्तार : मुख्यमन्त्री राई

    प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पहिले विश्वासको मत लिएर मात्र मन्त्रिपरिषद् विस्तार गर्ने बताउनुभएको छ ।

    मंगलबार पद तथा गोपनीयताको शपथ लिएपछि पत्रकारहरुसँग कुरा गर्दै मुख्यमन्त्री राईले पहिले विश्वासको मत लिएपछि मात्र मन्त्रालयको संख्या थप गर्ने र मन्त्रिपरिषद् विस्तार गर्ने बताउनुभयो ।

    ‘पहिले हामी विश्वासको मत लिने काम गर्छौं, त्यसपछि कामको आवश्यकताको हिसाबले, गठबन्धनको आवश्यकताको हिसाबले मन्त्रालयको संख्या बढाउनुपर्नेछ । त्यसपछि मन्त्रिपरिषदलाई पूर्णता दिन्छौं’ उहाँले भन्नुभयो ।

    अब प्रदेश सरकारले अर्को बजेट ल्याउने वा नल्याउनेबारे सत्तारुढ गठबन्धन र मन्त्रिपरिषदमा छलफल हुने मुख्यमन्त्री राईले बताउनुभयो । उहाँले योजना छनोटमा भूमिका नभएकाले सांसदहरु निरीहजस्तो देखिएको भन्दै त्यसलाई सम्बोधन गर्ने बताउनुभयो ।


    मंगलवार, कार्तिक १६ २०७८०५:२५:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij