Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

कर्णालीमा कांग्रेसलाई सत्ता सुम्पन मुख्यमन्त्री शाहीले दिए राजीनामा

कर्णालीमा कांग्रेसलाई सत्ता सुम्पन मुख्यमन्त्री शाहीले दिए राजीनामा

  • सोमवार, कार्तिक १५ २०७८

  • 414
    SHARES

  • कर्णालीमा कांग्रेसलाई सत्ता सुम्पन मुख्यमन्त्री शाहीले दिए राजीनामा

    काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिनुभएको छ । २०७४ सालमा प्रदेशसभा निर्वाचनपछि मुख्यमन्त्री नियुक्त भएका उनले ३ वर्ष ८ महिनापछि राजीनामा दिनुभएको हो ।

    नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलगायतका दलको गठबन्धनको सहमति बमोजिम उहाँले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको हो ।

    गठबन्धनमा मुख्यमन्त्री अब नेपाली कांग्रेसले लिने सहमति भएको छ । आज मुख्यमन्त्री शाहीले कर्णालीबासीका नाममा सम्बोधन गर्दै आफ्नो सरकारले गरेका कामको विवरण प्रस्तुत गरेर राजीनामा घोषणा गर्नुभएको हो ।


    सोमवार, कार्तिक १५ २०७८०७:४६:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij