Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

सम्मानजनक बहिर्गमनका लागि प्रधानन्यायाधीशले मागे ६ महिनाको समय

सम्मानजनक बहिर्गमनका लागि प्रधानन्यायाधीशले मागे ६ महिनाको समय

  • सोमवार, कार्तिक १५ २०७८

  • 416
    SHARES

  • सम्मानजनक बहिर्गमनका लागि प्रधानन्यायाधीशले मागे ६ महिनाको समय

    काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नो सम्मानजनक बहिर्गमनका लागि कम्तीमा ६ महिना समय माग्नभएको छ । आज न्यायाधीशहरूले बनाएको तीन सदस्यीय टोलीसँगको छलफलका क्रममा जबराले आफ्नो सम्मानजनक बहिर्गमनका लागि आगामी वैशाखसम्मको समय माग्नुभएको हो ।

    बैठकमा वार्ता टोलीका न्यायाधीशहरू सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र मनोजकुमार शर्मा सहभागी थिए । आजको छलफलमा जबराले अहिलेको असामान्य अवस्थामा अपमानित भएर नबाहिरिने बताउँदै केही समय आफैँलाई काम गर्न दिन आग्रह गर्नुभएको थियो ।

    तर, जबराले समय मागेपछि आन्दोलनरत १५ न्यायाधीशको अलग्गै बसेको बैठकले जबराको उक्त प्रस्ताव अस्वीकार गरेको छ । आज छलफलमा सहभागी न्यायाधीशहरुका अनुसार यो वर्षको अन्तिमसम्म काम गर्न दिन प्रधानन्यायाधीशले राखेको प्रस्ताव अस्वीकार गर्ने निर्णय भएको हो ।

    प्रधानन्यायाधीशले चैत मसान्तसम्म काम गर्न दिन प्रस्ताव राखेको भएपनि उक्त प्रस्ताव कपटपूर्ण रहेको न्यायाधीशहरुको ठहर छ । तर सर्वोच्चका असन्तुष्ट न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणको मुद्दामा भने सुनुवाइ गर्ने भएका छन् । यससँगै आजबाट बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरु भएको छ ।


    सोमवार, कार्तिक १५ २०७८०३:५६:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij