Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

वडा र पालिका अधिवेशन कात्तिक २५ भित्र सक्न एमालेको निर्देशन

वडा र पालिका अधिवेशन कात्तिक २५ भित्र सक्न एमालेको निर्देशन

  • सोमवार, कार्तिक १५ २०७८

  • 389
    SHARES

  • वडा र पालिका अधिवेशन कात्तिक २५ भित्र सक्न एमालेको निर्देशन

    काठमाडौँ । नेकपा एमालेले बाँकी रहेका वडा र पालिका अधिवेशन आगामी कात्तिक २५ गतेभित्र सम्पन्न गरिसक्न निर्देशन दिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आगामी कात्तिक २५ भित्र बाँकी रहेका वडा र पालिका अधिवेशन सम्पन्न गर्न निर्देशन दिनुभएको हो ।

    अध्यक्ष ओलीले आइतबार अन्तर पार्टी निर्देशन जारी गर्दै बाँकी रहेका वडा र पालिका अधिवेशन सम्पन्न गर्न निर्देशन दिनुभएको हो । यसअघि एमालेले गत कात्तिक ६ गते देशभरका वडा र ९ गते पालिका अधिवेशन गरेको थियो ।

    त्यसक्रममा कतिपय जिल्लाका वडा र पालिकामा बाढी, पहिरो र डुबानका कारण रोकिएको अधिवेशन २५ गते भित्र सम्पन्न गर्न एमालेले निर्देशन दिएको हो । एमालेले मंसिर १० देखि १२ मा चितवनमा दशौं राष्ट्रिय महाधिवेशन सम्पन्न गर्दैछ ।


    सोमवार, कार्तिक १५ २०७८०३:५३:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij