Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

परिवर्तनलाई उल्टाएर पुरानो व्यवस्थामा नै लैजान खोज्ने प्रवृत्ति देखा परेका छ : प्रचण्ड

परिवर्तनलाई उल्टाएर पुरानो व्यवस्थामा नै लैजान खोज्ने प्रवृत्ति देखा परेका छ : प्रचण्ड

  • सोमवार, कार्तिक १५ २०७८

  • 417
    SHARES

  • परिवर्तनलाई उल्टाएर पुरानो व्यवस्थामा नै लैजान खोज्ने प्रवृत्ति देखा परेका छ : प्रचण्ड

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तन विरोधी तत्वहरु सलबलाइरहेको बताउनुभएको छ । जनआन्दोलन र विद्रोहको सयमयमा परिवर्तनलाई रोक्न खोज्नेहरु अहिलेपनि सक्रिय रहेको उहाँले बताउनुभयो ।

    आज कीर्तिपूरमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले बुर्जुवाहरुले माओवादीको शक्ति बढ्दै जाँदा कौशलको सहमति गरेको तर आफूहरु शिथिल र विभाजित हुँदा बुर्जुवाहरुको मनोबल बढेको उहाँले बताउनुभयो ।

    अहिलेसम्मको परिवर्तन उल्टाउन खोज्ने र पुरानो व्यवस्थामा नै लैजान खोज्ने प्रवृत्ति देखा परेको उहाँले बताउनुभयो । एकवर्ष यता कम्युनिष्ट नाम धारी प्रतिक्रियावादीविरुद्ध लड्न बाध्य भएको भन्दै अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी ओलीले पूर्वराजा ज्ञानेन्द्रका केही मानिससँग भेटेर गणतन्त्र उल्ट्याउने कुरा गरेको सूचना आफूले पाएको दाबी गर्नुभयो ।

    ‘ज्ञानेन्द्रका केही मानिससँग भेटेर ओलीले भनेछन् भन्ने सूचना आएको छ । मलाई जिन्दगी भरि यो गणतन्त्र मन परेको होइन, बाध्य भएर गरेको हो । त्यसकारण मौका आयो भने यो उल्ट्याउने हो भनेछन्, पचण्डको भनाइ छ ।

    आफूहरुले राम्रो सपना देखेर अहिलेसम्मका उपलब्धिलाई थप उचाइमा पुर्‍याउनका लागि पार्टी एकता गरेको भएपनि प्रतिक्रियावादीलाई त्यो सैह्य नभएको प्रचण्डको भनाइ थियो ।


    सोमवार, कार्तिक १५ २०७८०३:५०:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij