काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा पुस्तान्तरणभन्दा रुपान्तरण आवश्यक रहेको औल्याउनुभएको छ । धनुषाको जनकपुरधाममा आज पत्रकारहरुलाई प्रतिक्रिया दिँदै पार्टीमा अहिलेको आवश्यकता पुस्तान्तरणभन्दा पनि रुपान्तरणको भएको बताउनुभएको हो ।
प्रतिपक्षीको हाँक सामना गर्न सक्ने नेतृत्व आज पार्टीलाई चाहिएको भन्दै उहाँले रुपान्तरणका लागि कार्यक्रम, योजना, सोच, विचार, कसले राम्रो ल्याउँछ र, कसले यो राष्ट्र हाँक्न सक्छ त्यस्तो नेतृत्व चाहिएको बताउनभुयो ।
युवा, महिला, मधेशी, पहाडी, जनजातिका रुपमा विभाजित भएर नभई राष्ट्र हाँक्न सक्ने व्यक्ति आवश्यक परेको पौडेलको भनाइ थियो । भागबण्डामा पार्टी सभापति बनाउने कुरा हुन नसक्ने र यसको निर्णय कार्यकर्ताले गर्नुपर्ने उहाँले बताउनुभयो ।