Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

कानून व्यवसायीद्वारा आज पनि प्रदर्शन

कानून व्यवसायीद्वारा आज पनि प्रदर्शन

  • सोमवार, कार्तिक १५ २०७८

  • 600
    SHARES

  • कानून व्यवसायीद्वारा आज पनि प्रदर्शन

    काठमाडौँ - कानून व्यवसायीहरुले आज दोस्रो दिन पनि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै सर्वोच्च अदालत परिसरमा प्रदर्शन गरेका छन् । हिजो पहिलो दिन कालोपट्टि बाँधेर सर्वोच्च अदालतको बीच भागसम्मै पुगेका कानुन व्यवसायीहरुलाई आज भने प्रहरीले छेउमै रोकेको छ ।

    उनीहरु प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने मागसहितको कालो ब्यानर बोकेर उभिएका छन् । पूर्वनिर्धारित कार्यक्रमअनुसार उनीहरुले साढे १० बजेदेखि साढे ११ बजेसम्म एक घण्टा धर्ना दिएका हुन् ।

    नेपाल बार एशोसिएसनको अगुवाइमा जारी प्रदर्शनमा सहभागी कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने जनाएका छन् ।

    १६ गतेसम्म पनि राजीनामा नदिए आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने निर्णय एशोसिएसनले गरेको छ । न्यायपालिकाको विकृति–विसंगति रोक्न नसकेको, कार्यपालिकामा भागण्डा खोजेकोलगायत आरोप प्रधानन्यायाधीश जबरामाथि छ ।


    सोमवार, कार्तिक १५ २०७८१२:२७:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij