Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

केपी ओलीलाई प्रचण्डको चेतावनीः ‘एकता जोगाउने नाममा गलत प्रवृत्तिको ढाकछोप गर्न सकिन्नँ’

केपी ओलीलाई प्रचण्डको चेतावनीः ‘एकता जोगाउने नाममा गलत प्रवृत्तिको ढाकछोप गर्न सकिन्नँ’

  • शनिवार, श्रावण १७ २०७७

  • 1.0K
    SHARES

  • केपी ओलीलाई प्रचण्डको चेतावनीः ‘एकता जोगाउने नाममा गलत प्रवृत्तिको ढाकछोप गर्न सकिन्नँ’

     

    काठमाडौँ – नपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकता कायम राख्ने नाममा गलत विचार र प्रवृतिको ढाकछोप गर्न नसकिने बताएका छन् ।

    कम्युनिष्ट नेता तुलसीलाल अमात्यको २३ औं स्मृति दिवसका अवशरमा आयोजिक कार्यक्रममा अध्यक्ष प्रचण्डले गलत विचार र प्रवृतिहरुको ढाकछोप नगरी फछ्र्यौट गर्नुपर्ने बताए । कुनै पनि बाहानामा पार्टी विभाजन हुनुहुँदैन भन्ने जनताको चाहाना नेतृत्वले बुझेको उल्लेख गर्दै उनले भने, ‘अक्षुण राख्ने नाममा विभिन्न विचार, प्रवृति र इस्युहरुको बहस ढाकछोप र छोपछाप हुने हुनुहुँदैन । तिनको फछ्र्यौट ठिक ढंगले गरिनुपर्छ भन्नेमा सचेत छौँ ।”

    साथै उनले बाहिर चर्चा गरे जस्तो पार्टीभित्र कुनै पद प्राप्तिका लागि विवाद नरहेको बताए । ‘पटकपटक पद दिएर कम्युनिष्ट आन्दोलन एकतावद्ध हुन नदिने कसरतहरुसँग लडेर हामी आएको हो । अस्थिरता झल्किने कुनै पनि काम नहोस भन्नका लागि आफ्नो तर्फबाट सेक्रिफाइज गरिएका छन्’ उनले भने, ‘त्यसैले पद प्राप्तिका लागि छिनाझम्टी होइन ।’

    ‘कम्युनिष्ट पार्टी विचार र विधिको संयोजनबाट चल्नपर्छ । विचारलाई कसरी स्पष्ट पार्ने, इस्युहरुमा कसरी अगाडी जाने र विधि पद्धतीको पालना कसरी गराउने भन्ने विषयमा नै केन्द्ति भएर हाम्रा छलफल चलिरहेका छन् ।”

    अहिलेको बहसले पार्टीको एकतालाई अझ माथिल्लो स्तरमा लग्दै सुदृढ गर्ने भन्दै एकता टुटाउने फुटाउने प्रवृतिहरुलाई सबै मिलेर परास्त गर्नुपर्नेमा उनले जोड दिएका छन् ।


    शनिवार, श्रावण १७ २०७७०४:५२:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij