Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

संसदीय सुनुवाइ समितिको बैठक मंगलबार बस्ने

संसदीय सुनुवाइ समितिको बैठक मंगलबार बस्ने

  • आइतवार, कार्तिक १४ २०७८

  • 625
    SHARES

  • संसदीय सुनुवाइ समितिको बैठक मंगलबार बस्ने

    काठमाडौँ । प्रस्तावित राजदूतहरुको नियुक्तिका लागि सुनुवाइ प्रक्रिया अघि बढाउन संसदीय सुनुवाइ समितिको बैठक मंगलबार बस्ने भएको छ । कात्तिक १६ गते मंगलबार दिउँसो २ बजे बैठक बोलाइएको हो । सरकारले केही दिनअघि बेलायत, अमेरिका र भारतको लागि राजदूत नियुक्त गरेको थियो ।

    सुनुवाइ समितिले राजदूतको नियुक्त प्रक्रिया अघि बढाउने क्रममा उनीहरुविरुद्ध उजुरी आह्वान गर्नेछ । विरोध र उजुरीका सूचना संकलन गरेपछि बस्ने बैठकमा प्रस्तावित राजदुतलाई बोलाएर सुनुवाइ हुन्छ । संसदीय संघीय संसद्को संयुक्त समिति हो । यो समितिको सभापति लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्ण सभापति हुनुहुन्छ ।


    आइतवार, कार्तिक १४ २०७८०३:३७:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij