काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले दशबुँदे सहमति गर्ने क्रममा दुईजना अध्यक्ष रहने सहमति भएको खुलासा गर्नुभएको छ । दशबुँदे सहमतिको कार्यान्वयनसम्बन्धी कार्यदलको संयोजकबाट राजीनामा दिने क्रममा उहाँले यस्तो खुलासा गर्नुभएको हो ।
असार २७ गते दशबुँदे सहमति भएपछि साउन ६ गते अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा नेपाललाई पनि अध्यक्ष बनाउने सहमति भएको रावलको भनाइ छ । उक्त सहमति गर्दा अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटीका सदस्य सुवास नेम्वाङ र आफू रहेको उहाँले उल्लेख गर्नुभएको छ ।
भदौ ७ गते अध्यक्ष ओलीकै निवासमा ‘पक्षपात गरिने छैन’ भनेर वाचा गरेको तर अहिले त्यस्तो नदेखिएकाले राजीनामा दिनुपरेको रावलको भनाइ छ । दशबुँदे सहमति, अन्तरपार्टी निर्देशन–१२ लगायतमा पूर्वजिम्मेवारी यथावत रहने उल्लेख भएपनि आफूलाई सुदूरपश्चिम प्रदेशको इञ्चार्ज नदिएर पक्षपात गरेको उहाँले बताउनुभएको छ ।
यसैगरी, कसैलाई खुशी बनाउन केन्द्रीय कमिटीमा थप्ने, कसैलाई जिम्मेवारी नदिने जस्ता क्रियाकलाप भइरहेकाले उक्त सहमति कार्यान्वयनमा चासो नरहेको आफूले बुझेको रावलले पत्रमा उल्लेख गर्नुभएको छ ।
यस्तो छ रावलको राजीनामा पत्र: