Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

प्रधानन्यायाधीश जबराविरुद्ध नेपाल बारले आज विरोध कार्यक्रम गर्दै

प्रधानन्यायाधीश जबराविरुद्ध नेपाल बारले आज विरोध कार्यक्रम गर्दै

  • आइतवार, कार्तिक १४ २०७८

  • 752
    SHARES

  • प्रधानन्यायाधीश जबराविरुद्ध नेपाल बारले आज विरोध कार्यक्रम गर्दै

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतमा विरोधको कार्यक्रम गर्दै छ ।

    एशोसिएसनले आज आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म कालोपट्टी बाँधेर सर्वोच्च अदालतमा विरोधको कार्यक्रम गर्न लागेको हो ।

    विरोधको यो कार्यक्रम आजदेखि तीन दिनसम्म हुने नेपाल बार एशोसिएसनका महासचिव लीलामणि पौडेलले जानकारी दिए ।

    प्रधानन्यायाधीश जबराले विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको र न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेको भन्दै नेपाल बार एशोसिएसनले उनको राजीनामा माग्दै विरोधका कार्यक्रम घोषणा गरेको छ ।

    पूर्वनिर्धारित कार्यक्रमअनुसार सर्वोच्चले १६ गते सर्वोच्च अदालत परिसरमा धर्ना तथा विरोधसभा गर्ने निर्णय गरेको छ । १६ गतेसम्म पनि राजीनामा नआए विरोधका थप कार्यक्रम घोषणा गर्ने नेपाल बारले जनाएको छ । यही कात्तिक १२ गते बसेको बारको बैठकले जबरालाई प्रधानन्यायाधीश पदबाट राजीनामा दिन पाँच दिनको समयसीमा दिने निर्णय गरेको थियो ।

    यता, प्रधानन्यायाधीश जबरा भने राजीनामा नदिने अड्डी कसेर बसेका छन् । आफू संवैधानिक प्रक्रियामार्फत आएकोले सडकबाट उठेको प्रश्नलाई आफूले वास्ता नगरेको बताउँदै आएका छन् । उनले बरु आफू अविश्वासको प्रस्ताव फेस गर्न तयार हुने तर राजीनामा नदिने अडान राखेका छन् ।


    आइतवार, कार्तिक १४ २०७८०७:३३:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij