Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

दोहोरी च्याम्पियनको उपाधि पराजुली र बुढाथोकीलाई

दोहोरी च्याम्पियनको उपाधि पराजुली र बुढाथोकीलाई

  • आइतवार, कार्तिक १४ २०७८

  • 679
    SHARES

  • दोहोरी च्याम्पियनको उपाधि पराजुली र बुढाथोकीलाई

    पोखरा - नेपालको पहिलो दोहोरी च्याम्पियनको उपाधि प्रकाश पराजुली र मिना बुढाथोकीले जितेका छन्।  पोखरामा शनिबार साँझ भएको ग्रान्ड फिनालेमा पराजुली र बुढाथोकी समूहले जितेको हो। पोखरास्थित बाराहीघाटमा हजारौं दर्शकबीच भएको कार्यक्रममा विजेता समूहले नगद २० लाख रुपैयाँ साथमा १ करोड रुपैयाँ बराबरको जीवन बिमा पुरस्कार पाएको छ।

     शोभा कार्की र बालचन्द्र बरालको समूह दोस्रो भयो। उपविजेता समूहले नगद १० लाख रुपैयाँ तथा ५० लाख रुपैयाँ बराबरको जीवन बिमा पुरस्कार पाएको छ।

    विजेता, उपविजेतालाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पुरस्कार प्रदान गरे।कि एड्भटाइजिङ प्रालिको प्रायोजनमा नेपाल टेलिभिजनले नेपालको पहिलो दोहोरी च्याम्पियन रियालिटी शो सञ्चालन गरेको हो।

    कार्यक्रममा नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान वल तामाङले ‘दोहोरी च्याम्पियन– २’ सञ्चालन गर्ने घोषणा गरे।


    आइतवार, कार्तिक १४ २०७८०६:४६:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij