काठमाडौँ । संघीय संसद्को चालु अधिवेशन आज रातिबाट अन्त्य हुने भएको छ ।
संघीय संसद्का महासचिव भरतराज गौतमले शुक्रबार (आज) विज्ञप्ति जारी गरी दुवै सदनको अधिवेशन आज मध्यराति १२ बजेबाट अन्त्य हुने जानकारी दिनुभएको छ ।
मन्त्रिपरिषद्को सिफारिसबमोजिम प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैको अधिवेशन अन्त्य गरिएको विज्ञप्तिमा उल्लेख छ ।
सरकारले हिजो संसद् अधिवेशन अन्त्यका लागि सिफारिस गरेको थियो ।
