Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

दवाव र विवादमा राजीनामा दिनुपर्ने हो भने न्यायधिशले न्याय दिनै सक्दैन: प्रधानन्यायाधीश राणा

दवाव र विवादमा राजीनामा दिनुपर्ने हो भने न्यायधिशले न्याय दिनै सक्दैन: प्रधानन्यायाधीश राणा

  • शुक्रवार, कार्तिक १२ २०७८

  • 593
    SHARES

  • दवाव र विवादमा राजीनामा दिनुपर्ने हो भने न्यायधिशले न्याय दिनै सक्दैन: प्रधानन्यायाधीश राणा

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा विवाद र दवावका आधारमा राजीनामा दिइयो भने गलत परम्परा बस्ने भएकाले आफुले राजीनामा नदिने स्पष्ट पार्नु भएको छ ।

    मुद्धमा जहिले पनि दुई पक्ष हुने र पराजीत पक्षले न्यायाधिशलाई विवादमा तान्ने वा विरोध गर्ने भएकाले विवाद भएकै आधारमा राजीनामा दिनु पर्ने हो भने न्यायधिशले न्याय दिनै नसक्ने उहाँले तर्क गर्नुभयो ।

    न्यायाधिशले न्याय दिनै नसक्नेगरी गलत परम्परा बस्ने भएकाले पनि आफुले अहिले राजीनामा नदिने अडान उहाँले दोहोर्यानुभयो ।

    पद त्यागको पनि विधि र प्रक्रिया भएकाले गलत परम्परा बस्नेगरी दुई चार जनाले राजीनामा माग्दैमा आफुले राजीनामा नदिने उहाँले स्पष्ट पार्नु भयो ।

    उहाँले आफ्नो नेतृत्वमा सर्वोच्च अदालतबाट धेरै ऐतिहासिक फैसला भएपछि डाहा लागेर आफुलाई विवादमा तानिएको दावी गर्नुभयो ।

    आफूले सोचेजस्तो गर्न अझै बाँकी रहेको पनि उहाँले नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा बताउनुभयो ।

    कुनैपनि फैसलामा आफ्नो विवेकभन्दा पनि संविधानको मर्मलाई आधार मान्ने गरेकाले फैसलाहरुलाई व्यक्तिगत रुपमा जोड्नुको अर्थ नरहेको उल्लेख गर्नुभयो ।


    शुक्रवार, कार्तिक १२ २०७८०९:१६:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij