Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कांग्रेससँग चुनावी तालमेलको सहमति भैसकेको प्रचण्ड-माधवको खुलासा, कांग्रेसीहरु भन्छन्– खबरदार!

कांग्रेससँग चुनावी तालमेलको सहमति भैसकेको प्रचण्ड-माधवको खुलासा, कांग्रेसीहरु भन्छन्– खबरदार!

  • बिहिवार, कार्तिक ११ २०७८

  • 1.6K
    SHARES

  • कांग्रेससँग चुनावी तालमेलको सहमति भैसकेको प्रचण्ड-माधवको खुलासा, कांग्रेसीहरु भन्छन्– खबरदार!

    काठमाडौँ – नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षद्वयले अहिलेको सत्तारुढ गठबन्धनलाई आगामी चुनावसम्मै कायम राखिने दाबी गरेका छन् ।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आज दुई छुट्टाछुट्टै कार्यक्रममा चुनावसम्मै गठबन्धन गरेर जाने बताएका हुन् ।

    कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा एकीकृत समाजवादीका अध्यक्ष नेपालले सत्तारुढ गठबन्धनलाई आगामी चुनावसम्मै कायम गरिने बताउनुभयो ।

    विचार मिल्ने अरु पार्टीहरुसँग पनि चुनावी तालमेल गरिने तर अहिले कसैसँग पार्टी एकता भने नगर्ने उहाँले बताउनुभयो ।

    आजै चितवनमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष दाहालले गठबन्धनमा अन्य दललाई पनि ल्याउने पहल भइरहेको बताउनुभयो ।

    माडीमा आयोजित कार्यकर्ता प्रशिक्षणमा उहाँले इमानदार कम्युनिष्टबीच एकताको झण्डा फहराउने दाबी गर्नुभयो ।

    उहाँले आगामी निर्वाचनमा निरंकुश प्रवृत्ति हाबी हुने ठाउँमा परास्त गर्ने गरी अगाडि बढ्ने बताउनुभयो ।

    एमाले हाबी भएको क्षेत्रमा कांग्रेससँग सिट तालमेल गर्ने केन्द्रीय तहमा समझदारी बनिसकेको पनि प्रचण्डले खुलासा गर्नुभयो ।

    तर नेपाली कांग्रेसका जिल्ला तहका नेताहरुले भने अब रुखमा बाहेक अरु चिन्हमा कुनै हालतमा भोट नहाल्ने भन्दै कांग्रेससँग चुनावी तालमेलको सपना नदेख्न प्रचण्डलाई सुझाव दिएका छन् ।

    केन्द्रमा गठबन्धनको सहमति भए प्रतिवाद गर्ने घोषणा कांग्रेसका जिल्ला तहका नेताहरुले गरिरहेका छन् ।

    विगतमा गठबन्धनका नाममा ठूलो धोका भएकोले अब रुखमा बाहेक अरुमा भोट नहाल्ने उनीहरुको अडान छ ।

    नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले कांग्रेसीको भोट पाएर सांसद बन्ने र छोरीलाई मेयर बनाउने सपना नदेख्न प्रचण्डलाई सुझाव दिनुभयो ।

    आगामी चुनावमा गठबन्धन गरेरै जाने माओवादी र एकीकृत समाजवादीका नेताहरुले पटक–पटक भन्दै आएका छन् ।

    आज त प्रचण्ड र माधव नेपालले एमाले हाबी भएका ठाउँमा तालमेल गर्ने सहमति भैसकेको खुलासा पनि गरेका छन् ।

    तर रुखमा बाहेक अन्यत्र भोट नहाल्ने जिल्ला तहका नेताहरुको घोषणाले कांग्रेस नेतृत्व अलमलमा परेको छ ।


    बिहिवार, कार्तिक ११ २०७८०७:२४:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij