Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

वाग्मतीको मुख्यमन्त्रीमा पाण्डे नियुक्त

वाग्मतीको मुख्यमन्त्रीमा पाण्डे नियुक्त

चार सदस्यीय मन्त्रिपरिषद् बनाउँदै
  • बिहिवार, कार्तिक ११ २०७८

  • 648
    SHARES

  • वाग्मतीको मुख्यमन्त्रीमा पाण्डे नियुक्त

     काठमाडौँँ । नेकपा (एकीकृत समाजवादी) वाग्मती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

    प्रदेश प्रमुख यादवचन्द्र शर्माले पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नयाँ सरकार गठनका लागि दाबी पेस गर्न प्रदेश प्रमुखले उपलब्ध गराएको समय बिहीबार दिउँसो ३ बजेसम्ममा बहुमत सदस्यको हस्ताक्षरसहित पाण्डेले मुख्यमन्त्रीमा दाबी गरेका थिए । पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी गरेका हुन् । उनले ३:३० बजे हेटौंडा–१० स्थित प्रदेश प्रमुख कार्यालयमा शपथ ग्रहण गर्दैछन् ।

    गठबन्धनबाट पहिलो चरणमा मुख्यमन्त्री पाण्डेसहित माओवादी केन्द्रका उपनेता कुमारी मोक्तान, कांग्रेस उपनेता कृष्णलाल भडेल र नेकपा (एस)का उपनेता कृष्ण खनालले शपथ लिने तयारीमा छन् ।  माओवादीले सामाजिक विकास मन्त्री, कांग्रेसले भौतिक पूर्वाधार र नेकपा (एस)ले आन्तरिक मामिला तथा कानुन मन्‍त्रालय पाउने बताइएको छ ।

    वाग्मती प्रदेशमा सत्तारुढ नेकपा (एमाले) विभाजन भएर १३ सांसदले नवगठित नेकपा (एस) रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी थिइन् ।

    ५६ सांसदसहित एकल बहुमतबाट मुख्यमन्त्री शाक्य भदौ २ गते नेपालकै पहिलो महिला मुख्यमन्त्री बनेकी थिइन् । उनी मुख्यमन्त्री बनेको ७१ औं दिनमै सत्ताबाट बहिर्गमन भएकी हुन् ।


    बिहिवार, कार्तिक ११ २०७८०३:४७:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij