Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

शेयर बजार उच्च अंकले खुम्चिएर कारोबार बन्द

शेयर बजार उच्च अंकले खुम्चिएर कारोबार बन्द

  • बिहिवार, आषाढ १८ २०७७

  • 982
    SHARES

  • शेयर बजार उच्च अंकले खुम्चिएर कारोबार बन्द

    काठमाडौं । मंंगलबार र बुधबार उच्च अंकले उकालो लागेको शेयर बजार आज उच्च अंकले खुम्चिएर कारोबार बन्द भएको छ । बजार परिसुचक नेप्से ८० अंकले घटेर १२ सय ५६ मा आई थामियो ।

    आज ३ पटक नेगेटिभ सर्किट ब्रेक लाग्दा शेयर बजारमा ६ प्रतिशतले कमी आएसँगै गिरावट आई बन्द भयो । कारोबार सुरु भएदेखी नै बजार ओरालो लागेको थियो । आज सामुहिक लगानी कोषमा सामान्य अंकले हरियो रहेबाहेक अरु समुह ओरालो लागे ।

    आज जीवन बिमा समुह सबैभन्दा बढि ६ सय ७८ अंकले ओर्लदा निर्जिवन बिमा समुह १ सय ७८ अंक ओरालो लाग्यो । यस्तै उत्पानमुलक समुह र होटल समुह समान १ सय २८ अंकले ओरालो लाग्दा विकास बैंक, वाणिज्य बैंक, लघुवित्त र अन्य समुह पनि दोहोरो अंकले ओरालो लाग्यो ।

    आज नेपाल स्टक एक्सचेन्जमा १ सय ४२ कम्पनीको १० लाख ४२ हजार कित्ता शेयर ४७ करोड ६६ लाखमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।


    बिहिवार, आषाढ १८ २०७७०२:१८:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij