Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

सामाजिक सेवामा सक्रिय बन्दै कलाकार पन्त

सामाजिक सेवामा सक्रिय बन्दै कलाकार पन्त

  • बुधवार, मंसिर १७ २०७७

  • 2.7K
    SHARES

  • सामाजिक सेवामा सक्रिय बन्दै कलाकार पन्त

    काठमाडौं । नेपाली कलाकार, मोडल तथा निर्देशक कुमुद पन्त पछिल्लो समय सामाजिक सेवामा सक्रिय बन्दै जानु भएको छ ।

    बेलायतमा बस्दै आउनुभएका पन्तले हाम्रो टिम नेपालद्वारा चितवनको माडी नगरपालिका वडा नम्बर ८ मा बसोवास गर्ने चेपाङ समुदायमा न्यानो कपडा र सिरक डस्ना वितरण कार्यक्रमलाई प्रोत्साहन गर्दै २० हजार २ सय ८० रुपैंया सहयोग गर्नुभएको अभियान्ता उमेश बोहराले जानकारी दिनुभएको छ ।

    आज बिहान हाम्रो टिम नेपालले चितवन माडीको चेपाङ समुदायका लागि ४० जोर सिरक डस्ना र १२३ जना भन्दा बढी ठुलो मान्छे र ३५ जना सानो बच्चाका लागि न्यानो लुगा वितरण गरेको पनि उहाँले बताउनुभयो ।

    यस्तै, दैलेखकी ६ वर्षीया छाला रोग पिडीत बालिकाको निः शुल्क उपचार भइरहेको भएपनि अन्य खर्चमा मद्दत पुगोस् भन्ने हेतुले नेपाली कलाकार, मोडल तथा निर्देशक पन्तले १५ हजार ५ सय २० रुपैंया सहयोग रकम प्रदान गर्नुभएको समाजसेवी इशा गुरुङले बताउनुभएको छ ।

    आगामी दिनमा पनि गरिब, दुःखी र असाहायहरुलाई सक्दो सहयोग गर्दै अघि बढ्ने पन्तले बताउनुभएको छ ।


    बुधवार, मंसिर १७ २०७७०५:२२:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij