Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एनआरएनए चीनको संरक्षकमा राजन र सल्लाहकारमा रञ्जिता मनोनित

एनआरएनए चीनको संरक्षकमा राजन र सल्लाहकारमा रञ्जिता मनोनित

  • मंगलवार, कार्तिक ९ २०७८

  • 2.0K
    SHARES

  • एनआरएनए चीनको संरक्षकमा राजन र सल्लाहकारमा रञ्जिता मनोनित

    काठमाडौं । गैरुआवासीय नेपाली संघ (एनआरएनए)को समन्वय परिषद् चीनको संरक्षक र सल्लाहकारहरु मनोनयन गरिएको छ । संरक्षकमा लामो समयदेखि एनआरएनए अभियानमा लाग्नु भएका र प्रवासी नेपालीहरुलाई सहयोग गर्दै आउनु भएका राजनकुमार जमरकटेललगायत रहनु भएको छ ।

    एनआरएनए चीनको संस्थापक महासचिव समेत हुनुभएका जमरकटेल अहिले जनसम्पर्क समिति चीनको अध्यक्ष हुनुहुन्छ । उहाँसँगै समन्वय परिषद्को संरक्षकमा सुरेश कुमार झा, बलराम (डिल्ली प्रसाद) पराजुली, र प्रकाशचन्द्र खरेललाई पनि मनोनयन गरिएको छ । त्यसैगरी निवर्तमान कोषाध्यक्ष तथा आफु महिला संयोजक हुँदा चीनमा पहिलो पटक महिला फोरम गठन गर्नु भएकी रञ्जिता आचार्य सल्लाहकारमा मनोनीत गरिएको छ ।

    चीन समन्वय परिषद्को हालै बसेको कार्यसमितिको बैठकले सुजिता बाबु श्रेष्ठ, आर के खड्का, विनोद तिमल्सिना, कृष्ण सिलवाल, रन्जन ढकाल, मित्रलाल सापकोटा, शंकर ज्ञवाली, मुकेश श्रेष्ठ, कमल आचार्य, दिल बहादुर कठायत, सन्दिप खनाल र तिर्थ पौडेललाइ पनि सल्लाहकारमा मनोनयन गर्ने निर्णय गरेको हो ।

    बैठकले विधान अनुसार कार्यसमिति सदस्यमा त्रिलोचन अर्याल, धन बहादुर कार्की, राजेश प्रधान, मिर्जा रशिद बेग, बिजय पराजुली, राम तामाङलाई मनोनयन गरेको छ ।

     


    मंगलवार, कार्तिक ९ २०७८०९:१७:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij