Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एमालेमा १० बुँदेको ट्याउँ–ट्याउँ, साथीहरुको हरिबिजोग भयोः माधव नेपाल

एमालेमा १० बुँदेको ट्याउँ–ट्याउँ, साथीहरुको हरिबिजोग भयोः माधव नेपाल

  • शनिवार, कार्तिक ६ २०७८

  • 708
    SHARES

  • एमालेमा १० बुँदेको ट्याउँ–ट्याउँ, साथीहरुको हरिबिजोग भयोः माधव नेपाल

    काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेमा १० बुँदे भन्नेहरुको हरिबिजोग भएको बताउनुभएको छ ।

    आज सिन्धुपाल्चोकमा आयोजित कार्यक्रममा नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो आदेश पालना गरे मात्रै राम्रो मान्ने गरेको बताउनुभयो ।

    ‘आदेशको पालना गर्‍यो भने स्यावास, उ बस्न पाउँछ,’ उहाँले भन्नुभयो, ‘आदेको पालना गरेन भने कति ट्याउँ–ट्याउँ गरेको १० बुँदेको भनेर सुन्नुपर्छ । सुन्नु भएको छैन्, १० बुँदेको ट्याउँ–ट्याउँ । अब १० बुदेँ भन्ने साथीहरुको कस्तो हरिबिजोग ।’

    उहाँले नेताहरुको कुनै सम्मान नगर्ने, कुनै छलफल नगर्ने शैलीकै कारण एमालेबाट विद्रोह गरेको बताउनुभयो ।

    ‘कुनै मर्यादा छैन । कुनै सम्मान छैन । कुनै छलफल छैन। हो यी सबै कारणले हामीले विद्रोह गर्नुपरेको हो’, उहाँले भन्नुभयो ।


    शनिवार, कार्तिक ६ २०७८०५:१२:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij