Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेपालका भण्डारी अमेरिकी सहरकाे आयुक्तमा नियुक्त

नेपालका भण्डारी अमेरिकी सहरकाे आयुक्तमा नियुक्त

  • बिहिवार, कार्तिक ४ २०७८

  • 1.0K
    SHARES

  • नेपालका भण्डारी अमेरिकी सहरकाे आयुक्तमा  नियुक्त

    एजेन्सी । नेपालका रामेश्वर भण्डारी अमेरिकाकाे एउटा सहरकाे आयुक्तमा नियुक्त हुनुभएको छ । अमेरिकाको आर्टिसिया शहरमा नेपाली मूलका रामेश्वर भण्डारी शहरी सुन्दरता र पुननिर्माणसम्बन्धी आयोगकाे आयुक्तमा नियुक्त हुनुभएको हाे। सिटी काउन्सिलको बैठकले उहाँलाई आयुक्त नियुक्त गरेको जनाइएकाे छ।

    उक्त शहर अमेरिकाको चर्चित एन्जेलस काउन्टीमा पर्दछ। नेपालीहरु र एशियाली मुलका नागरिकहरु उल्लेख्य बस्ती रहेको सो शहरमा नियुक्त भएका भण्डारीले सो शहरको सुन्दरता र मर्मतसम्भारसम्बन्धी कार्यभार सम्हाल्नुहुने छ ।

    यो कार्यकारी पद नभएर सल्लाह दिने पद रहेको भण्डारीले बताउनुभयो । शहरको पुननिर्माण र शहरको सुन्दरता बढाउने उपायहरुबारे सिटी काउन्सिललाई सिफारिस गर्ने जिम्मेवारी रहेको उहाँले स्पष्ट पार्नुभयो ।

    सिटी काउन्सिलले उहाँलाई कमिश्नर अफ व्युटिफिकेशन एण्ड मेन्टिनेन्स कमिशन पदमा नियुक्त गरेको पत्र दिएको छ । काउन्सिलको नियुक्तिअनुसार उहाँको पदावधि चार बर्षको हुनेछ।

    अंग्रेजी विषयमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका भण्डारी हाल अमेरिकाको क्यालिफोर्नियास्थित लसएन्जेलस कम्युनिटी कलेजमा अंग्रेजी विषयका एसिस्टेन्ट प्रोफेसर हुनुहुन्छ ।

    पाल्पाकाे रामपुर नगरपालिका वडा नं. १०, रामटारमा जन्मनुभएका भण्डारीले नेपालमा रहँदा अध्यापनसँगै काठमाडाैका विभिन्न सञ्चार माध्यममा पत्रकारिता गर्नु भएकाे थियाे । 


    बिहिवार, कार्तिक ४ २०७८०६:३२:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij