Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पछिल्लो २४ घण्टामा थप ४ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ४ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

  • बिहिवार, आश्विन २८ २०७८

  • 432
    SHARES

  • पछिल्लो २४ घण्टामा थप ४ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

    काठमाडौं । नेपालमा थप ४ सय ५५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

    ६ हजार २१४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३९८ र एन्टिजेन विधिबाट ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसमध्ये सबैभन्दा धेरै काठमाडौँमा १ सय ४७ जना, ललितपुरमा ४९ र भक्तपुरमा २० जना रहेका छन् ।

    पछिल्लो २४ घण्टामा थप ८०४ जना संक्रमणमुक्त बनेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म कूल संक्रमितमध्ये ७ लाख ७९ हजार १५४ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९६.९ प्रतिशत रहेको छ ।

    देशभर हाल १३ हजार ८५३ जना सक्रिय संक्रमित रहेका छन् । यसमध्ये १२ हजार ७९१ जना होमआइसोलेसनमा, १ हजार ६२ जना संस्थागत आइसोलेसनमा, ३१० ना आईसीयू र १०५ जना भेन्टिलेटरमा रहेका छन् ।

    यही अवधिमा थप ८ जनाको मृत्यु भएको छ । नेपालमा कोभिड–१९ को संक्रमणबाट ११ हजार २६९ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा थप ४ हजार ७८४ जनाले खोप लगाएका छन् ।

     


    बिहिवार, आश्विन २८ २०७८०४:२२:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij