Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

१० हजार ७६८ जनाको पीसीआर परीक्षण, २२४ जनामा संक्रमण

१० हजार ७६८ जनाको पीसीआर परीक्षण, २२४ जनामा संक्रमण

  • शुक्रवार, श्रावण १६ २०७७

  • 2.0K
    SHARES

  • १० हजार ७६८ जनाको पीसीआर परीक्षण, २२४ जनामा संक्रमण

    काठमाडौँ – नेपालमा शुक्रबार २२४ जना कोरोना संक्रमित थपिएका छन् ।

    गत चौबिस घण्टामा १० हजार ७ सय ६८ जनाको पीसीआर परीक्षण गर्दा जम्मा २२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

    योसँगै नेपालमा हाल सक्रिय संक्रमितको संख्या ५हजार ३ सय १६ रहेको छ । गत चौबिस घण्टामा १५१ जना डिस्चार्ज भएसँगै कोरोना संक्रमण निको भएर आइसोलसन सेन्टरबाट डिस्चार्ज हुनेको संख्या १४ हजार ३ सय ९९ रहेको छ ।

    नेपालमा काेराेना संक्रमितको कुल संख्या १९ हजार ७ सय ७१ पुगेकाे छ। ती मध्ये ५६ जनाको मृत्यु भएको छ ।


    शुक्रवार, श्रावण १६ २०७७०४:५५:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij