Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

८ सय संक्रमित थपिए, ८ जनाको मृत्यु

८ सय संक्रमित थपिए, ८ जनाको मृत्यु

  • बिहिवार, आश्विन २१ २०७८

  • 874
    SHARES

  • ८ सय संक्रमित थपिए, ८ जनाको मृत्यु

    काठमाडौं – पछिल्लो २४ घण्टामा ८०५ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,६७२ वटा पीसीआर र एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका छन् ।

    सोही अवधिमा ९११ जना संक्रमणमुक्त भएका छन् भने ८ जनाको मृत्यु भएको छ ।

    गत २४ घण्टामा ५७ हजार १५८ जनाले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन् । हालसम्म मुलुकमा १५ हजार ९४२ जना सक्रिय संक्रमित छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमित पुष्टि भएकामध्ये काठमाडौं उपत्यकाका २९४ जना छन् ।

    काठमाडौंमा २०७, भक्तपुरमा ३४ र ललितपुरमा ५३ जनालाई संक्रमण पुष्टि भएको छ ।

    अहिलेसम्म नेपालमा ८ लाख ९३ हजार ७२ जनालाई संक्रमण पुष्टि भएको छ जसमध्ये ७ लाख ७३ हजार १४० जना निको भएका छन् भने ११ हजार २ सय जनाको मृत्यु भएको छ ।


    बिहिवार, आश्विन २१ २०७८०५:४२:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij