काठमाडौँ । कोरोना भाइरस रोकथाम तथा न्यूनीकरणका लागि चीन सरकारले नेपाललाई ९ करोड बराबरको थप मेडिकल सहयोग गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले चीनबाट ९ करोड २४ लाख रुपैयाँ बराबरको मेडिकल सहयोग उपलब्ध हुन लागेको जानकारी दिनुभएको हो ।
कोरोना संक्रमणको न्यूनीकरण तथा रोकथामसँग सम्बन्धित प्रयासका लागि चीन सरकारले थप मेडिकल सहयोग उपलब्ध गराउन लागेको हो । यस्तै, सिनोभ्याक कम्पनीले उत्पादन गरेको १० लाख डोज कोभिड खोप पनि सहायताका रुपमा उपलब्ध हुन लागेको स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।
राज्यमन्त्री श्रेष्ठका अनुसार चीन सरकारले नेपाली सेनाका लागि उपलब्ध गराउने भनेको ३ लाख डोज भेरोसेल पनि पठाइसकेको छ । यस्तै, चीनबाट प्राप्त हुने १६ लाख डोज भेरोसेल खोप आगामी कात्तिक ३, ५ र ६ गते नेपाल आइपुग्ने राज्यमन्त्री श्रेष्ठले जानकारी दिनुभएको छ ।