Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सुदूरपश्चिम प्रदेशमा थपिए २६ जना कोरोना संक्रमित

सुदूरपश्चिम प्रदेशमा थपिए २६ जना कोरोना संक्रमित

  • शुक्रवार, श्रावण १६ २०७७

  • 528
    SHARES

  • सुदूरपश्चिम प्रदेशमा थपिए २६ जना कोरोना संक्रमित

    काठमाडौं । सुदूरपश्चिममा शुक्रबार थप २६ जना कोरोना संक्रमित थपिएका छन् । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ९ महिला र १७ पुरुष गरी थप २६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    उहाँका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाका ८ महिला र ८ पुरुष गरी १६ जना, टीकापुर नगरपालिकाका १८ महिने बालकसहित ६ पुरुष, एक महिला, बझाङको मष्टा–१ का एक पुरुष, छब्सिपाथिभरा–७ का एक पुरुष, कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ का एक पुरुषमा संक्रमण देखिएको हो ।

    योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार चार सय ३७ पुगेको छ।


    शुक्रवार, श्रावण १६ २०७७०३:५२:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij