Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कोरोना अपटेडः संक्रमित भन्दा निको हुनेको संख्या दोब्बर, ७ जनाको मृत्यु

कोरोना अपटेडः संक्रमित भन्दा निको हुनेको संख्या दोब्बर, ७ जनाको मृत्यु

  • आइतवार, आश्विन १७ २०७८

  • 592
    SHARES

  • कोरोना अपटेडः संक्रमित भन्दा निको हुनेको संख्या दोब्बर, ७ जनाको मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ६७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ७० पीसीआर परीक्षणमा ५७४ र ३हजार ८५० एन्टिजेन परीक्षणमा १०५ जना गरी ६७९ जनामा संक्रमण पुष्टि भएको हो ।
    पछिल्लो सोहि अवधिमा १ हजार ४०५ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ ।
    आज थपिएकासंगै देशभर संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ९७ हजार १९२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९२ हजार ३४ जना पुगेको छ ।
    संक्रमितमध्ये हालसम्म ७ लाख ६९ हजार २२४ जना निको भएका छन् भने यस्तै हालसम्म ११ हजार १६४ जनाको मृत्यु भएको छ ।
    हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ८०४ रहेको छ । जसमध्ये १५ हजार ५३४ जना होम आइसोलेसनमा र १ हजार २७० जना संस्थागत आइसोलेसनमा छन् ।


    आइतवार, आश्विन १७ २०७८०४:४७:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij