Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

केपी ओलीकै लाइनमा सत्ताधारी दलहरु, गर्न थाले चुनावको तयारी

केपी ओलीकै लाइनमा सत्ताधारी दलहरु, गर्न थाले चुनावको तयारी

  • शनिवार, आश्विन १६ २०७८

  • 1.3K
    SHARES

  • केपी ओलीकै लाइनमा सत्ताधारी दलहरु, गर्न थाले चुनावको तयारी

    काठमाडौँ – दोस्रोपटक संसद पुनःस्थापनापछि बनेको सरकारले पूर्णता पाउन नसकिरहेका बेला सत्तारुढ र विपक्षी दलहरु आगामी निर्वाचनमा आफ्नो स्थान बलियो पार्ने धाउन्नमा लागेका छन् ।

    तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको संसदले निकास दिन नसक्ने भन्दै गएको पुष ५ गते पहिलो पटक र जेठ ८ गते दोस्रोपटक संसद विघटन गरेर मध्यावधि निर्वाचनको घोषणा गर्नुभएको थियो ।

    तर ओलीको यो कदम असंवैधानिक भन्दै सर्वाेच्चले दुवै पटक संसद पुनःस्थापित गरेको थियो ।

    पछिल्लो पटकको संसद पुनःस्थापनासँगै कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार बनेको छ ।

    तर सरकार गठन भएको तीन महिना बित्नै लाग्दा समेत मन्त्रिमण्डलले पूर्णता पाउन नसकेको अवस्थामा दलहरुले भने आसन्न चुनावको तयारीमा जुटेका हुन् ।

    सरकारको नेतृत्व गरेको दल नेपाली कांग्रेसका नेता गगन थापाले सबै कम्युनिष्ट मिलेर आए पनि आगामी चुनावमा कांग्रेसले बहुमत ल्याउने दाबी गर्नुभयो । त्यसका लागि संगठन बलियो पार्ने अभियानमा जुट्न उहाँले नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।

    कांग्रेससँगै संसद पुनःस्थापनाका लागि लडेको नेकपा माओवादी केन्द्रले पनि आगामी चुनावको तयारीमा आफूलाई केन्द्रीत पारेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पछिल्ला भाषणहरुले झल्को दिन्छ ।

    प्रचण्डले आगामी निर्वाचनमा जित हासिल गर्ने हो भने कार्यकर्ताहरुले ६४ सालको चुनावमा गरेको हर्कत दोहो¥याउनुपर्ने लगातार बताइरहनुभएको छ ।

    आज आयोजित एक कार्यक्रममा पनि प्रचण्डले एमालेको प्रतिरोध नगरेसम्म चुनाव नजितिने भएकोले माओवादी आयो भन्नेबित्तिकै जाली फटाहाहरुको सातो जाने वातावरण श्रृजना गर्न निर्देशन दिनुभयो ।

    अहिलेको संसदले निकास दिन नसक्ने भन्दै मध्यावधि निर्वाचनमा जान खोजेको एमालेले पनि आगामी निर्वाचनको तयारीमा आफूलाई ढालेको छ ।

    एमालेले आगामी निर्वाचनमा पनि पहिलो पार्टी हुने दाबीका साथ चुनावी तयारी गरिरहेको हो ।

    अध्यक्ष केपी ओली माओवादी पार्टी र एमाले छाडेर बनेको एकीकृत समाजवादी पार्टीले त वडामा पनि जित्न नसक्ने दाबी गरिरहनुभएको छ । चुनावपछि सिंहदरबारको मूलढोकाबाट सत्तामा फर्कने उहाँको दाबी छ ।

    सत्तारुढ गठबन्धनमा मन्त्रिपरिषद विस्तार हुन नसक्नुका धेरै कारण बाहिर देखाइए पनि मुख्य कारण भने भागबण्डा मिल्न नसक्नु नै हो । शक्तिशाली मन्त्रालयहरु एकले अर्काेलाई सुम्पन नमान्दा मिलिजुली सरकारले पूर्णता पाउन सकिरहेको छैन ।

    उता संसदमा एमालेको अवरोध लगातार कायम छ । एमालेले संसद विघटन सही थियो भन्ने पुष्टि गराउने गलत मनसायका साथ संसदमा अवरोध गरिरहेको आरोप सत्तापक्षले लगाइरहेको छ ।


    शनिवार, आश्विन १६ २०७८०७:३५:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij